झापा/ करेन्ट लगाएर माछा मार्ने क्रममा झापामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक नगरपालिका –५ निवासी ४० वर्षीय चिन्टु माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार गत मंगलवार राति घर नजिकै खाल्डोमा जमेको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा उनी चिप्लिएर लडेका थिए ।
लडेर गम्भीर घाइते भएका माझीलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल दमक लगिएपनि उनको उपचारको क्रममा वुधवार राति निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस