• समाचार

    महरालाई बलात्कारको आरोप लगाउने शाहीलाई छाडे श्रीमानले

      ओमकार


    काठमाडौं, १६ असोज । सभामुख कृष्ण बहादुर महरालाई बलात्कारको आरोप लगाउने महिला रोशनी शाहीले आफ्ना पतिसँग सम्बन्ध विच्छेद गरेकी छिन् ।

    उनका पति चित्रजंग शाहीका अनुसार उनी र पत्निबीचको सम्बन्ध विच्छेद भएको हो ।

    उनीहरुले सम्बन्ध विच्छेदको पत्रमा हस्ताक्षेर गरेका छन् ।

    ‘प्रीय जनहरु, थुप्रै उतार चढावका बीच वितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरु विते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापी खुशी साथ अलग बस्ने निर्णय गरेका छौा । कानुनी प्रक्रिया निरन्तरताका साथ’ सम्बन्ध विच्छेद पत्रमा भनिएको छ ।

    उक्त पत्रमा रोशनी शाही र उनका पति चित्र जंग शाहीले हस्ताक्षेर गरेका छन् ।यो समाचार दियोपोष्ट डट कममा छापिएको छ ।

    प्रतिकृया दिनुहोस