उत्तर कोरियाले समुद्रमुनिबाट प्रहार गर्न सकिने नयाँ प्रकारको ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको पुष्टि गरेको छ । उत्तर कोरियाले बुधबार सबमरिन ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।
उत्तर कोरियाले गएको मे देखि लगातार छोटो दूरीमा मारहान्न सक्ने मिसाइल परीक्षण गर्दै आएको थियो । तर उसले क्षमता बिस्तार गर्दै समुद्रमुनिबाट मार हान्ने ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।
बुधबार प्रहार गरेको प्रोजेक्टाइल सी अफ जापानमा गएर खसेको थियो । यो वर्ष उत्तर कोरियाले ११ वटा मिसाइल परीक्षण गरिसकेको छ ।
उत्तर कोरियाले अमेरिकासँगको परमाणु निशस्त्रीकरण सम्बन्धी वार्ता पुनः स्थापित हुने घोषणा गरेको केही घण्टामै मिसाइल परीक्षण गरेको हो । अमेरिका र जापानले उत्तर कोरियाको कदमको आलोचना गरेका छन् ।देशसंचारबाट
प्रतिकृया दिनुहोस