• विदेश

    भारतमा बर्षाको कारणले १४० जनाको मृत्यु

      ओमकार


    भारतको पूर्वी क्षेत्रमा मनसुनी वर्षाका कारण झन्डै १४० जनाको मृत्यु भएको छ । वर्षाले बिहार राज्यको राजधानी पटना जलमग्न छ । वर्षाका कारण बाढी प्रभावित क्षेत्रका विद्यालय बन्द छन् भने केही अस्पताल प्रभावित छन् । भारतीय जलवायु विज्ञान विभागका अनुसार बिहार क्षेत्रमा सन् १९९४ यताकै यो सबैभन्दा भारी मनसुनी वर्षा हो । विभागले मनसुनी वर्षा ढिलो आएको र यो लामो अवधिसम्म रहेको जनाएको छ ।

    चार दिनभित्रमा वर्षापछिको बाढीले उत्तर प्रदेशमा १११ जना र बिहारमा २८ जनाको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । जेलभित्र बाढी पस्दा उत्तर प्रदेशको बल्लिया जिल्लास्थित कारागारमा रहेका ९ सय कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । करिब २० लाख जनसंख्या रहेको पटनामा प्रभावित क्षेत्रका मानिसलाई डुंगाको सहायताबाट उद्धार गरिएको छ । वर्षा रोकिए पनि सहरको अधिकांश भूभाग डुबानमा छ ।
    नयाँ पत्रिकाबाट

    प्रतिकृया दिनुहोस