आज आश्विन शुक्लपक्षको पञ्चमी तिथि परेकाले देवीको पांचौं रुप स्कन्दमाताको पूजाआजा गरिंदैछ।
भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ ।
शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतीक मानिन्छ।
स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ। यी देवी मानसगद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन् । यस्ती देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने बताइएको छ।
नवरात्रका अन्य दिनझैं देवी भक्तिका लागि आज भक्तजनहरु मुलुकका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा उपस्थित भइरहेका छन् ।
प्रतिकृया दिनुहोस