• समाचार

    सिसिटिभीले देखायो महराको सच्चाई,ओली र प्रचण्डले संगै हेरे

      ओमकार


    काठमाडौं- महिलामाथि यौन दुर्ववहारको आरोपपछि समामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको राजनीतिक भविष्य अन्योलमा परेको छ।

    संसदमै कार्यरत महिला कर्मचारी रोशनी शाहीले आइतबार राति आफूमाथि यौन दुर्ववहार गरेको आरोप लागएपछि नेकपाले नै उनलाई सभामुख र संसद दुबैबाट राजीनामा दिन लगाएको थियो।

    मंगलबार बिहान बसेको पार्टी सचिवालय बैठकमा उपस्थित भएका सबै सदस्यले महरा पदीय हैसियतले पनि महिला एक्लै भएको स्थानमा पुग्नु नै गलत भएको ठहर गरेका थिए।

    आजको नागरिक दैनिकमा टपेन्द्र कार्की र ईश्वरी सुवेदीले लेखेको समाचार अनुसार सचिवालय बैठकअघि प्रधानमन्त्री केपी ओलीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएका थिए।

    खनालसँग ओलीले घटनाको सबै विवरण लिएका थिए। उनले महरा ती महिलाको कोठामा जाने रुटको सिसिटिभी फुटेजसमेत मगाएर हेरेका थिए।

    सो फुटेज प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेकपाकै चौथो वरियताका नेता माधवकुमार नेपालले समेत हेरेपछि प्रधानमन्त्री निवासमै महरालाई बोलाएर छलफल गरेका थिए।

    महराले रोशनीकोमा आफू गएको स्वीकार गरेकाले राजीनामा गर्न ओली, दाहाल र नेपालले सुझाब दिएका थिए।

    प्रतिकृया दिनुहोस