• खेलकुद

    जिम्वाबेसंग नेपाल फेरि पराजित

      ओमकार


    त्रिकोणात्मक टि-२० सिरिजमा नेपाल जिम्वाबेसँग दोस्रो खेलमा पनि पराजित भएको छ। मंगलबार सिंगापुरको इन्डियन एशोसियन मैदानमा भएको खेलमा जिम्वाबेले नेपाललाई ४० रनले पराजित गरेको हो। यसअघि भएको पहिलो खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो।

    जिम्बाबेले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर पूरै खेलेर ९ विकेट गुमाएर १२० रन मात्रै जोड्न सक्यो। नेपालका लागि विनोद भण्डारीको व्यक्तिगत ३३ रन नै सर्वाधिक रह्यो। आरिफ शेखले २५ रनको योगदान दिँदा कप्तान पारस खड्का १२ रनमै आउट भए। अन्य नेपाली ब्याट्यसम्यानको सम्झन लायक साझेदारी रहेन।

    यसअघि जेम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन जोडेको थियो। जिम्बावेका लागि कप्तान सेन विलिम्सले सर्वाधिक ५२ रन बनाए। त्यस्तै रियन बरले अविजित २६ रनको योगदान दिए भने पिटर मोरर २१ र टिनोटेन्डा मुटम्बोदजीले २० रन लिए।

    नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले २/२ विकेट लिए भने कप्तान खड्का र अविनाश बोहोराले १/१ विकेट लिएका थिए।

    यसअघि भएको जिम्बावेसँगको खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो। त्यस्तै आइतबार भएको खेलमा नेपालले सिंगापुलाई नौ विकेटले पराजित गरेको थियो । उक्त खेलमा कप्तान पारस खड्काले कीर्तिमानी सतक प्रहार गरेका थिए।

    प्रतिकृया दिनुहोस