गौरादह नगरपालिका ८ स्थित भुडिसिमल बस्ने अन्दाजी ५८ वर्षीय धनवीर राजवंशीको उपचारको क्रममा आइतबार मृत्यु भएको बिषयले उग्र रुप लिएको छ। बुबाको मृत्यु नगरपालिकाका इन्जिनियरको कारण भएको छोरा सूर्य राजवंशीले आरोप लगाएका छन्। घटना विवरण अनुसार मृतक राजवंशी आइतबार दिउँसो १ बजे नगरपालिका भुक्तानीका लागि गएका थिए।
भुडिसिमल बैराती बजारस्थित टहरा निर्माण समितिका अध्यक्ष रहेका राजवंशी नगरपालिका इन्जिनियर सचिन क्षेत्रीलाई गएर भेटी इन्जिनियरले विभिन्न बहाना बनाउँदै कागजात नमिलेको भन्दै फर्काएपछि राजवंशी कार्यालय परिसरमै बेहोस भएका थिए,उनको उपचार गर्न लाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
यसै बिषयलाई लिएर हिजोदेखि नगरपालिका तनाबग्रस्त थियो,मृतकका आफन्त लगायत गाउलेहरु मिलेर शव सहित नाराबाजी गरिए थियो।आज उक्त समूह झन उत्तेजित भएर नगरपालिका तोडफोड भएपछि पिडित पक्ष र नगरपालिका बिच वार्ता गरिएको छ ।उक्त वार्ताले मृतक परिवारलाई ५ लाख रुपैया क्षतिपूर्ति दिई निज ईन्जिनियर सचिन क्षेत्रीलाई बर्खास्त गर्ने सहमति भएको कुरा मेयर रोहित कुमार शाहाले ओमकार प्रतिनिधिलाई जानकारी गराए ।
प्रतिकृया दिनुहोस