• मुख्य

    सभामुख महराले महिलालाई जबरजस्ती गर्नु अघि महिला कै डेरामा रक्सी पिएको आरोप

      ओमकार


    काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी महिलासँग जबरजस्ती शारीरिक सम्पर्क गर्नु अगाडि मदिरा सेवन गरेको खुलासा भएको छ ।

    हाम्राकुरा नामक अनलाइनका अनुसार सभामुख महराले संसद सचिवालयकी ती महिला कर्मचारीलाई आइतबार साँझ शारीरिक सम्पर्क गर्ने क्रममा मदिरा सेवन गरेको खुलेको हो ।

    मदिरा पिएर आफै बोतल बोकेर ती महिला कर्मचारीको डेरामा भित्रिएका महराले स्न्याक्सपनि साथमै लगेर गएका थिए । दुई वटा गिलासमा मदिरा राखेपनि महराको दवावमा ती महिला कर्मचारी र महराले एउटै गिलासमा मदिरा सेवन गरेका थिए ।

    ती महिला र सभामुख महराले बाेतलकाे मदिरा आधा सिध्याएका थिए ।

    त्यसपछि महराले ती महिला कर्मचारीलाई कोठामा रहेको खाटमा सुताएर जबरजस्ती शारीरिक सम्पर्क गरेको ती महिलाले बताएकी छिन् । त्यति मात्रै होइन सभामुख महरा ती महिला कर्मचारीलाई कुटपिट गर्नुका साथै मुख च्यात्ने प्रयास गरेका थिए ।

    यो घटनाको जानकारी ती महिला कर्मचारीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नेतृहरू पम्फा भुसाल र अनेसरी घर्तीका साथै महराका कान्छो छोरा राहुल महरालाई पनि जानकारी गराएको ती महिला कर्मचारीले बताएकी छिन् ।

    महराले ती महिला कर्मचारीलाई घटना बाहिर नल्याउन पटक पटक दवाव दिएको पनि खुलेको छ ।

    महराले १२ वर्ष पुरानो ‘हिमालयन रिजर्भ ह्वीस्की’ पिएर आफूलाई काठमाडौंको तीनकुनेस्थित डेरामा जबरजस्ती शारीरिक सम्पर्क गरेको ती पीडित महिलाले बताएकी छिन् ।

    आफूलाई महराले जबरजस्ती शारीरिक सम्पर्क गरेपछि उनले घरबेटीलाई भनेकी थिइन् । त्यसपछि तीनकुनेको प्रहरीलाई खबर गरिएको ती महिलाले बताएकी छिन् । प्रहरीले कोठाको फोटो खिचेर लगेपनि यस घटनाबारेमा अनभिज्ञता जनाएको छ ।

    सभामुख महराले ती महिलासँग पिएको रक्सीको मूल्य न्युनतम २४ देखि २८ सयसम्म पर्छ । यो मूल्य ७५० एमएलको बोतलको दररेट हो ।

    ४२.८ प्रतिशत अल्कोहल मिसिएको यो मदिरा १२ वर्ष पुरानो ब्राण्डको छ । स्कच माल्ट क्वालिटीको यो मदिराको स्प्रिट स्कटल्याण्डबाट ल्याएर हिमालको पानी मिसाएर बनाउने गरिएको वेबसाइटमा उल्लेख छ ।

    उता, सभामुख महराले आफूलाई लागेको आरोप झुठ्ठा रहेको दाबी गरेका छन् । कर्मचारी समायोजनको रिस ती महिलाले पोखेको महराको भनाइ छ ।यो समाचार रिपब्लिका दैनिक डट कममा छापिएको छ ।

    प्रतिकृया दिनुहोस