• विचार

    भिन्न मत राखेकै कारणले कुट्न मिल्दैन : भट्टराई

      ओमकार


    असोज १२, काठमाडौँ /
    समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले भिन्न मत राखेकै कारण कसैमाथि हातपात गर्नु अनुचित हुने बताएका छन् ।

    आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीमाथि हातपात भएको प्रक रणमा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले लोकतन्त्रमा प्रतिगामीलाई विधिसम्मत ढंगले नियन्त्रण वा दण्डित गर्नुपर्ने बताउदै भिन्न मत राख्नेलाई पिट्न नमिल्ने धारणा व्यक्त गरेका हुन् ।

    आईतबार ट्वीट गर्दै भट्टराईले लेखेका छन्,‘हिजो मण्डलेले लोकतन्त्रवादीलाई पिटे भनेर आज लोकतन्त्रवादीले भिन्न मत राख्नेलाई पिट्न मिल्दैन! लोकतन्त्रमा प्रतिगामीलाई पनि विधिसम्मत ढंगले नियन्त्रण वा दण्डित गर्नुपर्छ! निरंकुशता/फासिवाद र लोकतन्त्र बीचको मुख्य अन्तर यही हो!के हाम्रा कमरेडहरू सामाजिक फासिवादतिर उन्मुख भएकै हुन्?

    शनिबार एक कार्यक्रममा सहभागी हुन् चितवन पुगेका शाही चौबिसकोटीस्थित होटल ग्लोबल निस्किए लगत्तै अज्ञात समूहले आक्र मण गरेको थियो । होटल ग्लोबलबाट निस्किएर गाडी चढेलगतै आक्र मणमा परेका शाहीको प्रहरीले उद्धार गरेको हो।

    प्रतिकृया दिनुहोस