• समाचार

    खसी-च्याङ्ग्राको बिक्रीमा अन्योल , मुल्य निर्धारण भएन

      ओमकार


    काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि ल्याएका खसी, बोका तथा च्याङ्ग्राको मूल्य कायम हुन नसक्दा बिक्री  हुन सकेको छैन ।

    विभिन्न जिल्लाबाट ल्याइएका  खसी बोकाको स्थानीय बजारमा मूल्य महङ्गो भएको र उपभोक्तालाई केही सहुलियतमा उपलब्ध गराउने विषयमा प्रक्रिया पुर्‍याउन छलफल भइरहेकाले मूल्य तोक्न ढिला भएको कम्पनी अञ्चल कार्यालयका प्रवक्ता टेकप्रसाद रेग्मीले जानकारी दिए ।

    बजारमा निजी क्षेत्रका व्यवसायीको एकाधिकारलाई सन्तुलित बनाउन उक्त संस्थाले प्रत्येक वर्ष यो समयमा खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँमा ल्याएर उपभोक्तालाई सहुलियतमा बिक्री गर्दै आएको छ । दाङ र विरगञ्जबाट गरी एक हजार खसी, बोका तथा मुस्ताङबाट दुई हजार च्याङ्ग्रा ल्याउन लागिएको छ ।

    सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा खरीद समिति गठन भई खसी, बोका तथा च्याङ्ग्रा खरिद हुने गर्दछ । अहिलेसम्म ५५० च्याङ्गा र १८० खसी बोका काठमाडौँ आइसकेको तथा अन्य आउने क्रममा छ ।

    आज बस्ने बैठकले मूल्य कायम गरेमा आजैबाट बिक्री शुरु गरिने जनाइएको छ । अघिल्लो वर्ष खसी, बोका जिउँदो प्रतिकिलो ५०० तथा च्याङ्ग्रा प्रतिकिलो ७०० मा उपलब्ध गराइएको थियो ।खबर हबबाट ।

    प्रतिकृया दिनुहोस