• मनोरञ्जन

    चर्चित हिन्दी फिल्म शोलेका चर्चित पात्र कालियाको निधन

      ओमकार


    मुम्बई । बलिउड अभिनेता वीजू खोटेको ७७ वर्षको उमेरमा सोमबार निधन भएको छ । उनी लामो समयदेखि बिरामी रहेका थिए । उनले मुम्बईस्थित आफ्नै निवासमा अन्तिम श्वास लिए ।

    वीजू चलचित्र शोलेमा निभाएको ‘कालियाको भूमिकाका लागि चर्चित छन् । चलचित्रमा गब्बर सिंह (अमजद खान) सँग उनको डायलग ‘तेरा क्या होगा कालिया’ को अहिलेसम्म पनि चर्चा हुने गर्छ ।

    उनले आफ्नो करियरमा चाइनागेट, मेला, अन्दाज अपना अपना, गोलमाल–३ र नगीनसहित ३ सयभन्दा बढी चलचित्रमा काम गरेका छन् ।

    वीजूको निधनपछि उनका प्रशंसकहरुले सामाजिक सञ्जालमा दुःख व्यक्त गरेका छन् । शिवसेना नेता मनीषा कायन्देले पनि ट्वीट गर्दै उनको निधनप्रति श्रद्धाञ्जली दिएकी थिइन् ।

     

    प्रतिकृया दिनुहोस