• खेल

    दिपेन्द्र टी–ट्वान्टी वरीयताको अलराउन्डरतर्फ आठौं स्थानमा

      ओमकार टाइम्स


    नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको टी–ट्वान्टीको ब्याटिङ वरीयतामा यथावत रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा अलराउन्डरतर्फ आठौं स्थानमा यथावत रहन सफल भएका हुन् ।दिपेन्द्र ब्याटिङ वरीयताको ४२ औं स्थानमा छन् ।

    ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल ३८ औं स्थानमा यथावत छन् ।​ बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ४१ औं स्थानमा यथावत रहेका छन् । बलिङमै अविनाश बोहरा दुई स्थान तल झरेर ९४ औं स्थानमा रहेका छन् ।

    नेपालले अब केन्यासँग टी–ट्वान्टी र एकदिवसीय अभ्यास सिरिज खेल्दैछ । जसमा पाँच टी–ट्वान्टी खेलको सिरिज हुनेछ भने तीन एकदिवसीय सिरिज हुनेछ ।

    प्रतिकृया दिनुहोस