• सम–सामयिक

    नेपालको मध्य र पुर्वी भागमा मेघगर्जन सहित बर्षा हुने

      ओमकार


    काठमाडौं : भारतको उत्तर प्रदेशमा रहेको न्यून चापिय प्रणालीको असर नेपालको पूर्वी र मध्य भूभागमा रहेका कारण आगामी तीन दिन मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    भारतको गुजरात र अरब सागर आसपासमा रहेको न्यूनचापिय प्रणाली अवदाबमा परिवर्तित भएको छ भन नेपालमा बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा आइरहेको छ । जसका कारण हाल देशका पूर्व र मध्य भूभागमा सामान्यदेखि पूर्णतया बदली रही पूर्वका केही स्थानहरुमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    यसैगरी आज सोमबार देशका पूर्वी र पश्चिमि भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । पूर्व र मध्यका केही र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ । पूर्व र मध्यका एक दुई स्थानमा मेघगर्जनसहित चट्याङ्गको सम्भावना छ ।

    मंगलबार भने केही स्थानहरुमा हल्का वर्षा हुने छ भने बुधबार दिउँसो देशभर आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस