• मुख्य

    कालोपत्र गर्न तयार पारिएको सडक भेलले बगायो

      ओमकार


    पर्वत : लगातारको वर्षाका कारण पर्वतको मोदी गाउँपालिकास्थित डिमुवा–राम्जा सडकखण्डमा कालोपत्रे गर्न निर्माण गरिएको संरचना भत्किएको छ।

    वर्षापछि सडकमा आएको भेलले नाली, टेवा पर्खाल र कालोपत्रे गर्न बिछ्याइाएको बेस र सबबेस बगाएको ठेकेदार कम्पनी गजुरमुखी निर्माण सेवाले जनाएको छ। कम्पनीका साइड इन्चार्ज हरि केसीका अनुसार सडकको ५०० मिटर नाली, २०० मिटरभन्दा बढी पर्खाल भत्काए, डेढ किलोमिटर लम्बाइमा बिछ्याइएको बेस र दुई किलोमिटर सबबेस पुरै बगाएको छ।  

    ‘कालोपत्रे गर्नका लागि तयारी गरिएको थियो’ केसीले भने, ‘वर्षाका कारण काम त रोकियो, एक करोड रुपैयाँभन्दा बढी क्षति भएको छ।’ दसैँसम्ममा पाँच किलोमिटर कालोपत्रे गर्ने योजना प्रभावित भएको छ।

    २०७३ मंसिर २४ देखि स्तरोन्नतिको काम सुरु भए पनि तीन तहका निर्वाचनका कारण गति लिएको थिएन। गतको कात्तिकदेखि सडक निर्माण पुरै रोकिएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पहलमा काम पुनः सुरु भएको थियो। 

    प्रतिकृया दिनुहोस