• विदेश

    चीनमा बस र ट्रक ठोक्किदा ३६ जनाको मृत्यु

      ओमकार


    एजेन्सी । चीनमा भएको सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको छ । देशको पूर्वी जिङ्सु प्रान्तमा भएको दुर्घटनाका कारण अरु ३६ जना घाइते भएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

    स्थानीय समय अनुसार शनिबार बिहान ७ बजे यात्रुबाहक बस राजमार्गमा गुडिरहेका बेला ३ जना मानिससहित आइरहेको ट्रकसँग ठोक्किएको थियो । दुर्घटनामा परेको बसमा ६९ जना यात्रु सवार थिए ।

    प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका आधारमा बसको टायरको हावा फुस्किएर दुर्घटना भएको देखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस