• देश

    देश र जनता भन्दा माथी कुर्सी, तर बुझ्दैनन् जनता

      ओमकार टाइम्स


    काठमाण्डौं। नेपाली राजनीतिको परिदृष्य हेर्ने हो भने, देशको राजनीति कुर्सी मुखी देखिन्छ । दलका आ–आफ्नै विधान, घोषणा पत्र र उदेश्य छन् । न तिनीहरुको सिद्धान्त मिल्छ, न त विचार, न त घोषणा पत्र नै ।

    तथापी उनीहरुले निर्वाचनमा गठबन्धन बनाएर जाने निर्णय गरेका छन् । उनीहरुको घोषणा पत्र हेर्ने हो भने यि ठूला दुश्मन हुन् । तर सत्ता र कुर्सीका लागि उनीहरु न शिद्धान्त हेर्छन, न विचार, न त घोषणा पत्र नै । यिनका लागि अहिले दुश्मनको द पनि एकादेशको कथा जस्तै भएको छ । देश र जनता त यिनका लागि नोकर चाकर र आउरे भाउरे ।

    जसको उदाहरण हो, वर्तमान सत्ता गठबन्धन । सत्ता गठबन्धनमा रहेका दलहरुले आगामी आम निर्वाचनमा गठबन्धन नै गरेर जाने निर्णय गरेका छन् । यो निर्णय निर्वाचनपछि पुनः सत्ता र कुर्सीमा रजाँई गर्नका लागि हो भन्ने प्रष्ट छ । किनकी यी सबै फरक उदेश्य लिएर हिडेका राजनीतिक दल हुन् । यी कुनै दलको पनि सिद्धान्त मिल्दैन ।

    मिल्छ त केबल सत्तामा कसरी पुग्ने र देश लुट्ने भन्नेमा । जसका कारण देशको सार्वभौम सत्ता र राष्ट्रिय अखण्डता यतिबेला संकटमा परेको छ । राष्ट्रघाती एमसीसी, एसपीपी तथा बैबाहिक अंगिकृत नागरिकताका सवालमा खरो राष्ट्रिय स्वाधिनताको पक्षपाती ठान्ने माओवादी केन्द्रको पनि समर्थन रहनु र सत्ता सझेदार दलहरु एक हुनुले पनि प्रष्ट छ ।

    यिनीहरुको राष्ट्रियताको मुद्दा अनि देश र जनताको लागि राजनीति गरेको भन्नुमा कति सत्यता छ ? बैबाहिक अंगिकृत नागरिकताको विषयमा चर्को रुपमा प्रस्तुत भएको माओवादीले आँफैले गरेको सात बर्षे अवधिको निर्णय सत्तासँग बेचेर खाएको छ । एकीकृत समाजवादीपनि लम्पसार पर्यो । किनकी उसको पनि सत्तामा टिक्नु नै महत्वपूर्ण भयो देशको स्वाधिनता भन्दा ।

    नेपाली कांग्रेसको त कुरै नगरौं । उ त विगतदेखिनै भारतमुखी थियो । कांग्रेस र माओवादी एक अर्काका दुश्मन हुन् । तर कसरी गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भयो ? कारण के ? भन्दा सत्ता सत्ता सत्ता । जनता त यि दल र तिनका नेताहरुलाई नोकर चाकर र आउरे भाउरे हुन् । भेडा बाख्रा हुन् । यिनलाई जे गरेपनि हुन्छ । यिनीहरुको काम मुर्दावाद र जिन्दावाद भन्ने मात्र हो ।

    हामी जे निर्णय गर्छौ त्यो यिनले मानी हाल्छन् । अर्को अर्थमा भन्ने हो भने जनता भेडा हुन् । कार्यकर्ता पुच्छर हुन् । दुईचार चोक्टा मासु र रक्सी भएपछि पुग्छ । नेताको यो सोचाईकै कारण वाम्पन्थी र दक्षिणपन्थी एकै ठाउँमा छन् । जुन सत्तासँग मात्र जोडिएको छ भन्ने जनताले बुझ्न जरुरी छ ।

    नत्र देश यिनै लेण्डुपेहरुका कारण फिजिकरण हुँदै सिक्किमीकरणको अभियानमा छ । जुन राष्ट्रघात छ । र यो जोगाउन कार्यकर्ताले भेडा बाख्रा भएर होईन जनता भएर सोच्न आवश्यक छ । यो राष्ट्रघाती अभियान असफल बनाउन जनता चुकेमा देश युद्धमैदान बन्ने निश्चित छ ।

    प्रतिकृया दिनुहोस