• समाचार

    सामाजिक संजाल अमेरिकी निगरानीमा

      ओमकार


    अमेरिकाको नागरिकता तथा आप्रवासन हेर्ने सरकारी निकाय यूएससीआईएसले आप्रवासीहरुले सामाजिक सञ्जालमा लेखेका कुरा अनलाईन अनुवाद गरेर परीक्षण गरेको विषयको कडा आलोचना भएको छ ।

    यूएससीआईएसका कर्मचारीलाई उपलब्ध गराइएको पुस्तिकामा गुगल ट्रान्स्लेट र बिङको सहायतामा अनुवाद गर्नु ‘अतिप्रभावकारी उपाय’ भएको उल्लेख गरिएको छ ।

    प्रोपब्लिका नामक समाचार साइटले अनलाइन टूलहरूले वाक्यको गलत अनुवाद गर्ने र अर्थको सूक्ष्म अन्तर तथा बोलीचालीको भाषाको अनर्थ लगाइदिने गर्छ ।

    यता यूएससीआईएसले भने सामाजिक सञ्जालका पोस्टको परीक्षण गर्नु व्यावहारिक उपाय भएको दाबी गरेको छ ।

    यूएससीआईएसले सामाजिक सञ्जालबाट संकलित सूचना शरणार्थीलाई पुर्ववास नदिने आधार भने नबन्ने बताएको छ ।

    अमेरिकाले बनाएको नयाँ नियमअनुसार अमेरिकाको भिसा लगाउनका लागि आवेदकहरुले चलाउने सामाजिक सञ्जालको विवरण समेत पेश गर्नुपर्ने हुन्छ ।

    अमेरिकामा शरणार्थीको मान्यता पाइसकेका व्यक्तिका पति, पत्नी वा छोराछोरीको परीक्षण गर्ने विधि उल्लेख गरिएको पुस्तक फेला परेपछि इन्टरनेशनल रेफ्युजी असिस्टन्स प्रोजेक्टले प्रोपब्लिकालाई उपलब्ध गराएको थियो ।

    जसमा कहिलेकाँही अनलाइन अनुवादले बोलिचालीको भाषा पूरै नबुझ्ने स्वीकार गरिएको छ । यस्तो अवस्थामा कर्मचारीले विशेषज्ञको सहायतामा अनुवाद गर्नुपर्ने वा नपर्ने निर्णय काममा खटिएका कर्मचारीले लिन सक्ने उल्लेख गरिएको छ ।

    प्रतिकृया दिनुहोस