• खेलकुद

    मेस्सीबिनै बार्सिलोनाको सहज जीत

      ओमकार


    एजेन्सी – नियमित कप्तान लियोनेल मेस्सीबिनै मैदान उत्रिएको क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित निकालेको छ । साविकक विजेता बार्सिलोनाले गेटाफेमा १० खेलाडीमा समेटिएपनि घरेलु टोलीलाई २–० ले पराजित गरेको हो ।

    मेस्सीबिना चोटका कारण टोलीमा नरहँदा लुइस सुआरेज र जुनियर फिर्पाेले गेटाफेविरुद्ध गोल गरे । लगातार घरेलु टोलीलाई दवावमा बार्सिलोनाले गोलका लागि ४१औं मिनेट कुर्नुपरेको थियो । सुआरेजले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा १–० को अग्रता दिलाए । दोस्रो हाफको शुरुमै फिर्पाेले गोल गर्दै बार्सिलोनालाइृ खेलमा २–० ले अघि बढाए ।

    खेलको ८२औं मिनेटमा क्लेमेन्ट लेङ्लेटले दोहोरो पहेलो कार्डखादै मैद्यानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा गेटाफेले उठाउन सकेन । जितसँगै बार्सिलोनाले ७ खेलबाट १३ अंक जोडेको छ । बार्सिलोना चौथो स्थानमा छ । पराजित गेटाफे ७ अंक जोडेर ११औं स्थानमा छ ।

    प्रतिकृया दिनुहोस