• सम–सामयिक

    शंख बजाउनुका यस्ता फाईदा

      ओमकार


    -हिन्दु धर्मावलम्बीहरुले पूजा आजा लगायतका धार्मिक कार्यहरुमा सधै शंख दोहोरो बजाउने गर्दछन् ।

    -शंखको उत्पत्ति समुद्र देखि हुने गर्दछ ।

    -समुद्र मन्थनको बेला छैटौं रत्नको रुपमा समुद्रमा शंख फेला परेको थियो ।

    -विष्णु पुराणका अनुसार लक्ष्मी समुद्रकी पुत्री र शंख उनका भाइ हुन् ।

    -शङ्ख ध्वनिलाई वातावरण शुध्दताको लागि प्रयोग गरिन्छ ।

    -शंखध्वनिले वातावरणमा भएका विभिन्न प्रकारका किटाणुहरुलाई नाश गर्नुका साथै टाढा भगाउने पनि गर्दछ ।

    -शंखध्वनिले वातावरणमा सकारात्मक उर्जा प्रवाहित गर्दछ ।

    -आयुर्वेदले शङ्ख बजाउनाले मुटु, श्वास, पेटसम्बन्धि रोगहरु नलाग्ने बताएको छ ।

    -शंखध्वनिबाट उत्पन्न हुने ॐ ध्वनिले मानसिक रोगहरू हटाउन मदत गर्दछ ।

    -कुनै बच्चाको बोलीमा स्पष्टता नरहेको अवस्थामा शंखमा पानी राखेर पिलाउनाले बच्चाको वाक्शक्ति राम्रो हुने धर्मशास्त्रीय मान्यता रहिआएको छ ।

    -शंख बजाउनाले मान्छेको शरीरमा भएका ध्वनि तन्तु सक्रिय हुन्छन् भन्ने आयुर्वेदको मान्यता छ ।

    -नियमित रुपमा घरमा शंख बजाउनाले घरको वास्तु दोषको निराकरण हुने र बृहस्पति ग्रह बलियो हुने ज्योतिषीय मान्यता छ ।

    -प्रत्येक दिन बिहान–बेलुका घरमा शङ्ख बजाउँदा मानिसको रिस पनि कम हुने धार्मिक मान्यता समेत रहेको छ ।

    शंख पूजा मन्त्र
    त्वं पुरा सागरोत्पन्नो विष्णुना विधृतः करे।
    निर्मितः सर्वदेवैश्च पाञ्चजन्य नमोऽस्तुते ।।हरि ॐ तत्सत्

    प्रतिकृया दिनुहोस