• बिज्ञान/ प्रविधि

    `ब्ल्याकहोल´ले निल्यो सुर्य जत्रो तारा

      ओमकार


    काठमाडौं : शोधकर्ताहरुले ब्रह्माण्डीय उथलपुथलका कारण सूर्याकारको एउटा सिंगो तारा ब्ल्याकहोलमा बिलिन हुन पुगेको बताएका छन् । सूर्य नै निल्ने त्यो ब्ल्याकहोल सूर्यभन्दा ६० गुणा ठूलो र गह्रुङ्गो छ । यो ब्ल्याक होलले सूर्य निलेको घटनालाई वैज्ञानिकहरुले ज्वारीय विघटन (टाइडल डिसरप्सन) को संज्ञा दिएका छन् ।

    सुन्दै जीउ सिरिङ्ग हुने यो घटनालाई नासाको उपग्रह ट्रान्जिटिङ्ग एक्सोप्लेनेट सर्भे स्याटलाइट (टीईएसएस) र नील गेहरेल्स स्विफ्टको सहायताले अन्तिमसम्म अवलोकनसहित पिछा गरिएको थियो ।

    वैज्ञानिकहरुका अनुसार ब्रह्माण्डमा देखिने यस्ता ज्वारीय घटना कहिलेकाँही मात्र हुने गर्दछन् । १० हजारदेखि एक लाख वर्षको बीचमा आकाशगंगामा यस्तो हलचलमय घटना हुने गरेको वैज्ञानिकहरुको दाबी छ ।

    एस्ट्रोफिजिकल जनरल लेटर्समा छापिएको अनुसन्धान रिपोर्टअनुसार ब्ल्याकहोल स्याजिटेरस ए स्टारको तुलनामा निकै ‘भोकाएको’ छ । यसले आफ्ना वरपर आउने पिण्डहरुलाई क्षणभरमा निलेर आफूमा विलिन गराइरहेको छ ।

    ब्ल्याकहोल एक भीमकाय पिण्ड हो । यसको आफ्नै प्रकाश हुँदैन । त्यसैले यसलाई ब्ल्याकहोल भनिएको हो । ब्ल्याकहोलमा आजसम्म आविष्कार गरिएका कुनै पनि भौतिक विज्ञानको नियमले काम गर्दैन । देखा पर्यो कि खाइदिइहाल्छ । उज्यालो प्रकाश पनि यहाँ प्रवेश गरेपछि बाहिर निस्कन सक्दैन । यसले उज्यालो प्रकाश पनि सोसेर लिन्छ । अहिले त यो ब्ल्याकहोलमा हलचल देखिएको छ ।

    प्रतिकृया दिनुहोस