• पत्र-पत्रिका

    समिरमान जेलमा , श्रीमती पिरतिको खेलमा

      ओमकार


    काठमाडौं : डन समिरमान बस्नेत गोलघरमा रहेको थुनिरहँदा उनकी पत्नी मायाँ शेरचन भने जेम्स गुररुङसँग लहसिएकी छन् । लागूआषैध मुद्दामा कैद भुक्तान गरी पाँच महिना अगाडिमात्र थुना मुक्त भएका गुरुङ बस्नेतलाई खाना पकाएर खुवाने गरेका थिए । उनी जेलबाट निस्किएपछि केही समयअघि मात्रै बस्नेत पत्नी शेरचनको फोटो आफुनो फेसबुकमा राख्दै ‘माई लाईफ’ भनि पोष्ट गरेका थिए ।

    त्यस्तो पोष्ट केही समय राखी हटाएका गुरुङले बस्नेतले आफ्नी श्रीमतिलाई छोडेको देखाउनको लागि गरिएको प्रहरी स्रोतको दाबी रहेको छ । बस्नेतले आफ्नो श्रीमतिसँग डिभोर्स भएको बताउँदै आएका छन् । जेलमा रहेका बस्नेतलाई सहयोग गर्दै आएका गुरुङले शेरचनलाई बचाउनकै लागि यस्तो गरिएको हुनसक्ने सुरक्षा निकायले अड्कल गरेका छन् । खासमा अहिले नेपाल प्रहरीलाई टाउको दुखाईको पात्र बनेका छन् गुण्डा नाईके बस्नेत । केन्द्रीय कारागारको गोलघरमा थन्किएका बस्नेतले फिल्मी शैलीमा गुण्डागर्दी फैलाउँदै लगेपछि प्रहरीलाई समस्या परेको हो ।

    कारागारमै रहेर आपराधिक सञ्जाल चलाइरहेको पुष्टि हुँदै आएका छन् बस्नेत । यसको पुष्टि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा गत महिना पक्राउ गरेका पबन खड्काले दिएको बयानबाट पनि हुन्छ ।

    कारागारमा विभिन्न मुद्दामा सजाय भोगी छुट्ने तरखर गरिररहेका अन्य आपराधिक व्यक्तिलाई पछिल्लो समय बस्नेतले राम्रोसँग प्रयोग गर्न सफल हुँदै आएका छन् । आफू जेलमै रहे पनि आफ्नो परिवार बचाउन पत्नीसँग डिभोर्सको नाटक मञ्चन गरेका छन् बस्नेतले । आफ्नो अपराधमा पत्नी माया शेरचन समेत जोडिएपछि उनले यो नाटक गरेका हुन् । यसैकारण गुरुङलाई उनको फेसबुकमा ‘माई लाईफ’ भन्दै स्ट्याटस राख्न लगाएका थिए ।

    ललितपुरको नख्खु कारागारमा उनको भेट डन बस्नेतसँग भएको थियो । गुरुङले अहिले बस्नेतको लागि काम गर्दै आएका छन् । उनै गुरुङले केही समय अगाडि कानुनी रुपमा डिर्भोस भएकी मायाको फोटो फेसबुकमा अपलोड गर्दै ‘माई लाईफ’ अर्थात् मेरो जिन्दगी भन्ने क्याप्सन लेखेका थिए । समिरसँग डिर्भोस गरेर अर्कोसँग बिहे गरिसकेको भन्ने भ्रम र्छन उक्त फोटो अपलोड भएको बुझाई प्रहरीको छ ।

    गुरुङले जेलमा रहँदा लुगाफाटो समेत धुलाईदिने काम गर्दै आएका थिए । सिंगो सुरक्षा व्यवस्थालाई नै चुनौती दिने गरी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिन दाहडै हत्या गरेर कुख्यात बनेका समिरमानको दैनिकिमाथि प्रहरीले झन् गोप्य रुपमा निगरानी बढाएको छ । बस्नेतको हरेक अपराध कर्ममा मायाको हात रहेको पक्राउ गरिएका, अपराधमा परिचालन गरिएकाहरूको बयान र प्रहरीको अनुसन्धानले यस्तो खुलासा भएको थियो ।

    अहिले जेम्ससँगै चक्कर चलेको भनिएकी मायालाई यहि प्रकरणमा पनि हतियार दिएको र लुकाएको भन्ने बयानका क्रममा खुलेकै थियो । स्रोतका अनुसार बस्नेतले कारागार तोडेर भाग्ने र केही प्रहरीसँग बदलता लिने गोप्य योजनाको सुँईको प्रहरीले पाएपछि प्रहरीले थप सर्तकता बढाएको हो ।
    द नेपाल टपबाट

    प्रतिकृया दिनुहोस