• समाचार

    बैतडीमा बस दुर्घटना,२१ घाइते ७ को अबस्था गम्भीर

      ओमकार


    बैतडी : महेन्द्रनगरबाट बैतडीको मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नं को बस बैतडीको पाटनमेलौली सडकखण्डको पाटन ६ लोर्खामा शनिबार बिहान दुर्घटना हुँदा २१ जना घाइते भएका छन् भने घाइतेमध्ये ७ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

    बिहान ३ बजे बस दुर्घटना हँदा कञ्चनपुरको भिमदत्त नगरपालिका घर भएका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड, गाडीका सहचालक डडेल्धुराका २७ वर्षीय केशव साँउद र ५५ वर्षीय भारतीय नागरिक जगतसिंह चौहान गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिए ।

    गम्भिर घाइते सातै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरी नायब निरीक्षक खडायतले बताए । ३० जना यात्रु सवार रहेको बस सडकभन्दा १० मिटरमात्रै तल खसेको थियो भने बसका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

    सडकमा रहेका खाल्डाखुल्डीका कारण बसलाई छेउबाट चलाउन खोज्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस