• अर्थ

    खसिबोका र च्याङग्रा असोज १४ देखि बिक्री गर्ने

      ओमकार


    काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज १४ गतेबाट खसीबोका र च्याङग्राको बिक्री वितरण सुरु गर्ने भएको छ ।

    संस्थाले यस वर्षको दशैंका लागि १ हजार खसी-बोका र २ हजार च्याङ्ग्रा काठमाडौंमा ल्याउने तयारी गरेको छ । गत वर्ष १ हजार ५ सय खसी, बोका र १ हजार च्याङ्ग्रा बिक्री गरेको संस्थानले यस वर्ष ३ हजार बिक्री वितरण गर्ने लागेको हो । संस्थानले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्ष दशैंमा खसी-बोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ ।

    संस्थानले टेण्डरमार्फत १३ गते काठमाडौं उपत्यकाका लागि खसी-बोका, च्याङ्ग्रा ल्याउने र १४ गते बाट बिक्री वितरण सुरु गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अञ्चल प्रवन्धक रणबहादुर बुढाथोकीले बताए । खसी-बोका ल्याउने तयारी पूरा भइसकेकाले १३ गते उपत्यकामा खसीबोका आइपुग्ने र १४ गतेबाट प्रक्रिया सुरु गरिने बुढाथोकीले बताए । यो खबर कारोबार दैनिकले लेखेको छ ।

    प्रतिकृया दिनुहोस