• विचार

    लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ता लाइभ हुनुपर्छ : मेयर साम्पाङ

      ओमकार टाइम्स


    धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ता लाइभ हुनुपर्ने बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लोकसेवाको परीक्षा पारदर्शी हुनुपर्नेमा जोड दिएका हुन् ।

    उनले लेखेका छन्, लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ता पनि लाइभ हुनुपर्छ, नत्र विश्वास नहुने देखिन्छ । मेयर साम्पाङ धरानबासीलाई खानेपानी खुवाउने मुख्य एजेन्डासहित गत वैशाख ३० को चुनावी अभियानमा होमिएका थिए । त्यहीअनुसार उनले धरानका केही ठाउँमा नयाँ स्रोत जुटाएर पानी ल्याइसकेका छन् ।

    प्रतिकृया दिनुहोस