• विदेश

    जम्मु कश्मीरमा फेरि भुकम्प, ५० भन्दा बढी घाइते

      ओमकार


    पाकिस्तान । जम्मु काश्मीरको मिरपुर क्षेत्रमा बिहीबार आएको परकम्पमा परी ५३ जना घाइते भएका छन् । उक्त परकम्पको झड‍्का झेलुम र आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो । 

    डिभिजनल हेडक्वार्टर हस्पिटल मिरपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. फारुक नूरका अनुसार थोतल, कलयल र काची आवादी क्षेत्रमा बढी घाइते भएका छन् । इस्लामावादस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.४ म्याग्नीच्युड (अमेरिकी जियोलोजकल सर्भे अनुसार ४.७ म्याग्नीच्यूड र १० किलोमिटर गहिराई)  र १२ किलोमिटर गहिराइमा परकम्प गएको हो । 

    परकम्पको धक्का महसुस गर्नेबित्तिकै मानिसहरु सडकमा निस्किएका थिए । नजिकैका अस्पतालबाट केही बिरामीसमेत बाहिर निकालिएको थियो । यस परकम्पलाई मंगलबार बेलुका गएको भूकम्पको अवशेष भएको बताइएको छ । मिरपुर क्षेत्रमा सेप्टेम्बर २७ र २८ मा विद्यालय बन्द गर्ने घोषणा गरिएको छ ।

    दुई दिनअघि सोही क्षेत्रमा ५.६ म्याग्नीच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पको धक्का भारतमा समेत महसुस गरिएको थियो । उक्त भूकम्पमा परी बुधबारसम्ममा ३८ जनाको मृत्यु भएको छ भने ४५९ जना अझै घाइते छन् । 

    प्रतिकृया दिनुहोस