• पत्र-पत्रिका

    मंसिरदेखि नेपालमा रेल चल्ने

      ओमकार


    नेपाललाई भारतको राजधानी नयाँदिल्ली, कोलकत्तालगायत प्रमुख शहरसँग जोड्ने लक्ष्य लिएको रेल सेवा अझै सुचारु हुन सकेको छैन।

    गतवर्षको असोजदेखि जनकपुरधाम–जयनगर रेल सेवा सुरु हुने चर्चा थियो तर चलेन। रेल चल्ने भनेर धेरै पटक मिति तोकिए पनि त्यो केवल चर्चामै सिमित रहयो।

    रेल विभागका महानिर्देशक बलराम मिश्रले मंसिरदेखि रेल चल्ने बताएका छन्। ‘रेल सेवा सुचारु गर्न कम्तिमा २ सय कर्मचारी चाहिन्छ, तर कर्मचारी छैन’, महानिर्देशक मि श्रले भने, ‘कर्मचारी भर्ना प्रक्रिया र रेल ईन्जिन नेपाल ल्याउन केहि महिना लाग्छ, तर अब ढिलो हुँदैन। मंसिरको मध्यसम्ममा रेल चल्छ।’

    नेपाल सरकारले रेल ईन्जिन खरिद प्रक्रिया, आवश्यक जनशक्ति जोरजाम गर्न नसकेकाले रेल सञ्चालनमा ढिलाइ भएको विभागका कर्मचारीको भनाइ छ।

    ‘सुरुमा भारतसँग रेलको ईन्जिन भाडामा लिएर सेवा सञ्चालन गर्ने सम्झौता भएको थियो। पछि नेपालले रेल खरिद गरेर सञ्चालन गर्ने पक्रिया अघि बढयो’, महानिर्देशक मित्रले भने, ‘नेपालले दुई वटा रेल किन्न भारतको सरकारी कम्पनी कोकण रेलवेज कर्पोरेसन लिमिटेडसँग सम्झौता गरेकाले रेल निर्माण अन्तिम चरणमा पुगेको छ।’

    महानिर्देशक मि श्रका अनुसार नेपालले खरिद गर्न लागेका दुई रेल निर्माण सम्पन्न भइ रङ रोगनमात्र बाँकी रहेकाले केहि दिनभित्रै तयार हुनेछ।

    शिलापत्रबाट

    प्रतिकृया दिनुहोस