• राशिफल

    आज असोज ९गते बिहीबार भगवान नारायणको दर्शन गर्दै हेर्नुस् आजको राशिफल

      ओमकार


    वि.सं. २०७६ असोज ९, बिहीबार, इ.स. २०१९ सेप्टेम्बर २६,शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११३९ ञलगा, आश्विन कृष्णपक्ष, द्वादशी, ७:३३ बजेदेखि त्रयोदशी, २९:१३ उप्रान्त चतुर्दशी, नक्षत्र– मघा, २६:४१ बजेउप्रान्त पूर्वफाल्गुनी, योग– सिद्ध, ७:४२ बजेदेखि साध्य, २८:४० बजेउप्रान्त शुभ, करण– तैतिल, ७:३३ बजेदेखि गर, १८:२४ बजेपछि वणिज, २९:१३ बजेउप्रान्त भद्रा, आनन्दादिमा मुसल योग, चन्द्रराशि– सिंह, सूर्योदय– ५:५४ बजे, सूर्यास्त– १७:५५ बजे र दिनमान ३० घडी १ पला। प्रदोष व्रत। त्रयोदशी श्राद्ध। मघा श्राद्ध। कलियुगादि।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोकियाका कामहरु बन्नेछ,श्रमबाट प्रशस्त धन लाभ हुनेछ,पठन–पाठनमा प्रगति हुनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ, रोजगारीमा सफलता मिल्ने छ,आजको शुभ अंक २ रहेको छ ।

    बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –आजको समय सामान्य छ,विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,विश्वासको वातावरण बन्नेछ,आजको शुभ अंक ८ रहेको छ ।

    मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –चोटपटक को सम्भावना छ, झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,पारिवारिक जीवन सामान्य रहने छ,आर्थिक समस्या पर्ने छ,साझपख सुधार हुनेछ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,आजको शुभ अंक ४ रहेको छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,पारीवारिक सहयोग बढ्ने छ,आजको शुभ अंक ५ रहेको छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –चोटपटकको सम्भावना छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,मेलमिलापको भावना राम्रो हुनेछ,समय राम्रो छ,शुभ कुराको सङ्केत मिल्नेछ,अर्थलाभका अवसर आउने छन्,आजको शुभ अंक ७ रहेको छ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –रोजगारीको लागि आजको दिन राम्रो छ,बैदेशिक यात्रा हुने सम्भावना छ,स्वास्थ्यमा सुधार आउने छ, परिवारमा खुशी छाउनेछ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,रोकियका कामहरु बन्ने छन्,आजको शुभ अंक ५ रहेको छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको दिन तेती राम्रो छैन,आर्थिक संकट पर्नेछ,बोलीमा विचार पुराउनु होला,महत्वपूर्ण काममा ध्यान दिनु होला आजको शुभ अंक ४ रहेको छ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ, टाढाको यात्रा सम्भावना छ ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,प्रेम गर्ने हरुको लागि आजको दिन शुभ हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ, सहयोगीहरूले काममा साथ दिनेछन्,रोकियाका कामहरु बन्ने छन्,महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,मानसम्मानमा बृद्धि हुनेछ,आजको शुभ अंक १० रहेको छ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –पारिवारिक जमघटमा मन रमाउनेछ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ,उद्योग र व्यापारमा विशेष फाइदाको योग छ,मानसम्मानमा बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,आजको शुभ अंक २ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –पारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु होला,चोटपटकको सम्भावना छ,जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ,आजको शुभ अंक ८ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,सानातिना कामको झमेला आउनसक्छ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ, आफन्त बाट धोका हुन् सक्छ,समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

    प्रतिकृया दिनुहोस