• खेलकुद

    नेपाली क्रिकेट टोली सिंगापुर जाँदै

      ओमकार


    काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुरमा हुने त्रिकोणात्मक सिरिजको लागि आज त्यसतर्फ लाग्दै छ । नेपाल,जिम्बाबे र सिंगापुरबीच असोज १० देखी १६ सम्म त्रिकोणात्मक सिरिज चल्ने छ ।

    नेपाली टोली सिंगापुरबाटै ओमानतर्फ लाग्ने छ । ओमानमा पाँच राष्ट्र सम्मिलित टि२० सिरिज असोज १८ देखी २३ सम्म चल्ने छ । आज नेपाली राष्ट्रिय क्रिकेट टोली राती सवा १० बजे सिंगापुरतर्फ लाग्ने छ । तर नेपाली टोलीको औपचारिक बिदाई कार्यक्रम भने नरहेको टोलीका टेक्निकल म्यानेजर रमन शिवाकोटीले जानकारी दिए ।

    त्यस्तै लेग स्पिनर सन्दीप लामिछानेपनि भोली विहान सम्म वेस्ट इन्डिजबाट सिंगापुर पुगि सक्ने छन् । शिवाकोटीका अनुसार सन्दीप सिंगापुरको लागि मंगलबारनै वेस्ट इन्डिजबाट प्रस्थान गरि सकेका छन् । सन्दीपले क्यारेवियन प्रिमियर लिगमा बार्बाडोस ट्राईडेन्सबाट ६ खेल्दै ८ विकेट लिएका छन् ।

    प्रतिकृया दिनुहोस