• मुख्य

    अख्तियारले माधवकुमार नेपाललाई बयानका लागि नबोलाउने

      ओमकार


    काठमाडौं, ८ असोज । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको कार्यकालमा भएको निर्णयमा टेकेर ललिता निवासको जग्गा किनबेच भएको भनिएको विषयमा उनलाई बयानमा बोलाउने प्रक्रिया रोकिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेले प्रधानमन्त्रीकै रुपमा नेपालको नियत खराब देखिने आधार नभएको र बयानमा बोलाउँदा राजनीतिक प्रतिशोधमात्र देखिने ठहर गरेपछि प्रक्रिया रोकिएको हो ।

    सरकारी ललिता निवासको जग्गा किनबेचमा मन्त्रिपरिषदको २०६७ वैशाख ३१ को निर्णय पनि कारक भएको पूर्वसचिव शारदाप्रसाद त्रिताल छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । त्यसबेला नेपाल प्रधानमन्त्री थिए । –नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस