• अर्थ

    अब सिमकार्डमा पनि केवाइसी लागू गरिने

      ओमकार


    नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको सिमकार्ड लिने ग्राहकलाई थप व्यवस्थित गर्न बैंकमा जस्तै ‘नो योर कस्टोमर’ (केवाईसी) सम्बन्धी व्यवस्था लागू गर्ने भएको छ ।

    सिमकार्ड लिने ग्राहकको पूर्ण विवरण लिई वितरणलाई व्यवस्थित बनाउने तथा आपराधिक क्रियाकलाप रोक्न केवाईसी अवधारणा ल्याइएको हो ।

    केवाईसी कार्यविधिको मस्यौदा निर्माण भइसकेको छ । आउँदो आर्थिक वर्षको सुरुदेखि नै यो कार्यविधि कार्यान्वयनमा ल्याउने गरी काम भएको प्राधिकरणले जनाएको छ ।

    यसअघि बैंकहरुले मात्रै अनिवार्य गर्दै आएको केवाईसी पहिलो पटक सिमकार्डमा पनि अनिवार्य गर्न लागिएको छ ।

    कारोबार दैनिकबाट

    प्रतिकृया दिनुहोस