तेहरान — साउदी अरबमा सेना खटाउने अमेरिकी निर्णयप्रति इरानले कडा प्रतिक्रिया दिएको छ ।
इरानी रेभुलसनरी गार्डका कमान्डर मेजर जनरल हुसेन सलामीले इरानमाथि आक्रमण गर्ने कुनै पनि देशलाई इरानले ध्वस्त पारिदिने बताएका छन् ।
उनले ‘अमेरिका र उसका सहयोगी राष्ट्रलाई होसियार रहन तथा कुनै गल्ती नगर्न’ चेतावनी दिएका छन् । ‘इरान जुनसुकै परिस्थितिका लागि तयार छ,’ उनले भनेका छन्, ‘हामी कसैलाई हाम्रो भूमिमा प्रवेश गर्न कदापि दिने छैनौं ।’ इरानले नियन्त्रणमा लिएका ड्रोनहरूको प्रदर्शनीको तेहरानमा उद्घाटन गर्दै सलामीले भने, ‘इरानको सीमा पार गर्नेलाई यी ड्रोनले आक्रमण गर्ने छन् ।’
राष्ट्रिय सेनाको अभिन्न अंग इरानी रेभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) अमेरिकाको आतंककारी सूचीमा छ ।
कान्तिपुरबाट
प्रतिकृया दिनुहोस