• समाचार

    हत्कडी सहित कैदी फरार

      ओमकार


    सवारी ज्यान अभियोगमा मुद्दा खेपिरहेका एक कैदी काठमाडाैं जिल्ला अदालत परिसरबाट हत्कडीसहित भागेका छन् । सवारी ज्यान मुद्दा महानगरीय प्रहरी बृत्त गौशालाले दर्ता गराएपछि आज जिल्ला अदालतले २८ वर्षीय सनम तामाङलाई थुनामा राखेर मुद्दाको सुनुवाइ अघि वढाउन आदेश दिएको थियो ।

    अदालतको आदेश थाहा पाएलगत्तै तामाङ प्रहरी घेरावीच हत्कडीसहित भागेको प्रहरीले जनाएको छ । आज जिल्ला अदालतमा उपस्थित गराइएका तामाङ भागेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएलगत्तै उनी फरार भएको र खोजी जारी रहेको महानगरीय प्रहरी परिसरका एसपी अशोकबहादुर सिंहले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस