• खेलकुद

    भुटानसंग नेपालको लज्जास्पद हार

      ओमकार


    काठमाडाै‌ं: दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ यू १८ काे आज भएको खेलमा आयोजक नेपाल भुटानसँग ३–० को गोल अन्तरले पराजित भएको छ।

    हलचोक स्थित एपिएफको मैदानमा भएको खेलमा नेपालले समूह चरणको लगातार दोस्रो खेलमा पनि जित निकाल्न सकेन। पहिलो खेलमा माल्दिभ्ससँग बराबरी खेलेको नेपाल दोस्रो हाफमा भुटानसँग पराजित भएको हो।

    आज भएको खेलमा भुटानले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा २ गोल गरेको हो। यो पराजय सँगै नेपाल सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना न्युन भएको छ भने भुटान सेमिफाइनल प्रवेश गरेको छ।

    खेलको ३७ औं मिनेटमा येसी दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले पछि परेको नेपाललाई दोस्रो हाफमा भुटानले २ गोल थप्यो।

    खेलको ८६ औं मिनेटमा केल्जिङ जिग्मीले गोल गर्दै भुटानका लागि दोस्रो गोल गरे। नेपाली डिफेन्डरले फल गरेपछि भुटानले पाएको पेनाल्टीको मौका सदुपयोग गर्दै गोल गरेको हो। भुटान यतिमा रोकिएन। खेलको अन्तिम मिनेटमा फेरि अर्को गोल गर्दै कर्मा सोनमले भुटानको डिफेन्डिङ च्याम्पियन नेपाल माथि ३–० को जित सुनिश्चित गरे।

    अब नेपालकाे सेमिफाइनल यात्रा भुटान र माल्दिभ्स बीचकाे खेलले निर्धारण गर्नेछ। भुटानले माल्दिभ्सलाई नेपालसँगकाे भन्दा ठूलाे अन्तरमा पराजित गरेमात्र नेपाल सेमिफाइनमा पुग्ने छ।

    प्रतिकृया दिनुहोस