• अर्थ

    बैंक अफ काठमाडौंका पुर्व सीईओ श्रेष्ठ सहित ५ जना पक्राउ

      ओमकार


    बैंक अफ काठमाण्डूका तत्कालीन (सीईओ) अजय श्रेष्ठसहित ५ जना कर्मचारी पक्राउ परेका छन् ।

    उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरुमा श्रेष्ठसहित बैंकका कर्मचारी र ऋणी रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख डीआईजी निरज बहादुर शाहीले जानकारी दिए ।

    पक्राउ पर्ने बैंकका कर्मचारीहरुमा किरण बोहोरा, ऋचा श्रेष्ठ, सुष्मा शाह, पुष्पराज भण्डारी, विक्रम पन्त र ऋणी सुरेन्द्र श्रेष्ठ पक्राउ परेका छन् ।

    उनीहरुले नक्कली जग्गाधनी प्रमाणपत्र राखेर बैंकबाट ५ करोडभन्दा बढी रकम निकालेको पाइएको छ ।

    उनीहरुलाई शुक्रबार काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

    बैंक अफ काठमाण्डूकै निवेदनमा उनीहरुलाई पक्राउ गरेको शाहीको भनाइ छ । उनीहरुमाथि बैंकिङ कसुर मुद्दामा अनुसन्धान भइरहेको शाहीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस