• मुख्य

    संविधान दिवस कै दिन पुर्व राजारानी अंकित टिसर्ट लगाएर देशभर प्रदर्शन

      ओमकार


    काठमाडौ । २०७२ सालको संविधान प्रति असन्तुष्ट जनाउदै आएका समूहले साविकका पाँच वटै विकास क्षेत्रमा पुर्वराजा रानी अंकीत टिसर्ट प्रदशर्न गरेका छ्न । सरकारले देशभर शुक्रबार संविधान दिवश तथा राष्ट्रिय दिवश मनाइरहेको बेला असन्तुष्ट नागरिकले भने रानी अंकीत टिसर्ट प्रदशर्न गरेका हुन ।

    राजसस्थाको विरासतपछि द्लिय व्यवस्थाका कारण मुलुकको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकता कम्जोर हुदौ गएको,मुलुकको भाषा,धर्म सस्कृती र पहिचान तहनसनह हुनेगरी आफू अनुकुल सत्ता र शक्तिको आडमा कानुन बनाईएको,८० प्रतिशत बढी हिन्दुहरुलाई उपेक्षा गरि संविधान जारी गरिएको भन्दै यसप्रति असन्तुष्ट राख्ने नागरिक ,नागरिक समाज तथा देश र श्रीपेच बचाउने अभियानमा लागेको वीर गोर्खालीले साविकको पाँच वटै विकास क्षेत्रमा पुर्वराजा रानीको तस्वीर अंकीत टिसर्ट प्रदश्न गरेका हुन ।

    यो संविधानले मुलुकलाई चिन्दैन,मौलिक परम्परा,सस्कृति ,धर्मलाई चिन्दैन,आधा भुभाग मधेसलाई चिन्दैन,आदिवासी जनजातिलाई उपेक्षा गर्छ भन्दै आजको दिनलाई कालो दिनका रूपमा लिई पुर्वराजा रानीको तस्वीर अंकीत टिसर्ट प्रदशन गरिएको र अभियानमा सामेल नव आगन्तुक राष्ट्रवादी,देशप्रेमी,राजावादी तथा हिन्दुवादी अगुवा ,नेपाली नागरिकलाई टिसर्ट बाडिएको वीर गोर्खालीले जनाएको छ ।

    वीर गोर्खालीले भद्रकाली काठमाडौमा तस्वीर बाडेको थियो । उता शाही युवा शक्ति नेपालले नवलपरासी र नागरिक समाज रूपन्देहीले समेत पुर्वराजा रानी अंकित टिसर्ट बितरण गरेका थिए ।

    उनीहरूले संविधान दिवशकै दिन सडकमा राजा आउ देश बचाउ भन्दै राष्ट्रिय झण्डासहित नाराबाजी समेत गरेका थिए ।

    प्रतिकृया दिनुहोस