भक्तपुरको सूर्यविनायक नगरपालिका ८ स्थित आदर्श चोकमा टिपरसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर आज बिहान सवा २ बजे ठोक्किन पुगेको थियो ।
दुर्घटनामा घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरी वृत्त जगातीले जनाएको छ ।
प्रतिकृया दिनुहोस