काठमाडौं, ३ असोज । यसै पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो वरिष्ठ अध्यक्ष प्रचण्ड कुनैबेला के बोल्नुहुन्छ– यसको टुंगो नभएको पहिलो पटक भने हैन ।
विगतमा उहाँकै नेतृत्वमा चलेको हिंसात्मक विद्रोहको समयदेखि नै उहाँ आफैंद्वारा सिर्जित विवादास्पद व्यानका कारण चर्चामा आइ नै रहनु हुन्थ्यो ।
त्यसयताको मूलधारको खुल्ला राजनीतिक अभ्यासमा आइपुग्दासम्मको स्थिति हेर्ने हो भने नेपाली राजनीतिमा विवादकै पर्याय बन्न पुग्नु भएको छ ।
आन्तरिक विषयमा उहाँले ल्याएका विवादका तुलनामा यतिबेला देशको वैदेशिक सम्बन्धमै प्रतिकूल असर पर्ने हिसाबले उहाँले विवादलाई मलजल गर्ने गरेकै कारण पनि यतिबेला उहाँलाई विवादास्पद चरित्रका धनी व्यक्तिका रुपमा बुझ्न थालिएको छ ।
गत वर्षको अन्त्यसँगै अमेरिका र दक्षिण अमेरिकी राज्य भेनेजुयलाबीच आएको गतिरोधका सम्बन्धमा अप्रासंगिक विषय उठाउँदै अमेरिकाको विरोध गरेर नेपालको कूटनीतिक सम्बन्धलाई नै प्रभावित पार्ने हिसाबले आफूलाई प्रस्तुत गर्नुभएको थियो ।
भेनेजुयला प्रकरणमा उहाँको भनाइलाई लिएर देशैं तरंगित भयो भने अमेरिकाले त ठाडै नेपाल सरकारसँग उसको धारणा नै माग गरेको थियो ।
देश र विदेशमा समेत आफ्नो भनाइका कारण विवाद सिर्जना भएपछि तुरुन्तै एक कदम पछि सरेर प्रचण्डले आफूलाई झुक्याएर बोलाइएको भन्दै स्पष्टीकरण दिए ।
तर, यतिकैमा नानीदेखि लागेको बानी के छुट्थ्यो, तुरुन्तै भनिदिनुभयो आफूले आफ्नो नेकपा दलको आधिकारिक अडानअनुसार नै आफूले भेनेजुएलाको समर्थन गरेको हुँ ।
भलै यसमा सरकारले सबै पक्षलाई थामथुम पारिदियो र समस्या मत्थर बन्यो । त्यसपछि प्रचण्ड सपरिवार अमेरिका जानुभयो । अमेरिकी सरकारले उहाँलाई सहज प्रवेश र बहिर्गमनको अवसर दियो ।
उहाँको अमेरिकासँग सम्बन्ध सुध्रिएको अनुमान गरिएको थियो । गत साता नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटका क्रममा प्रचण्डले अमेरिकाको इन्डो प्यासिफिक रणनीतिको विषयमा गरेको टिप्पणी यतिबेला नेपालकै राजनीतिमा तातो केक बन्न पुगेको छ ।
अमेरिकी रणनीतिलाई तथाकथित भनेर प्रचण्डले आफूलाई चीनभक्तका रुपमा प्रस्तुत गर्नमात्रै खोज्नु भएन– यीसँगको भेटमा नेपाल–भारत सम्बन्धबारे समेत चीन परस्त हुन खोजेको भन्दै आफूलाई प्रस्तुत गर्न खोजेकै कारण यतिबेला उहाँलाई राजनैतिक छेपारोका रुपमा समेत व्याख्या गर्न थालिएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यी भदौ २२ गते आइतबार नेपाल आउनु भएको थियो । आफ्नो भ्रमण सकेर चिनियाँ विदेशमन्त्री भदौ २४ गते मंगलबारनै स्वदेश फिर्ता हुनु भयो ।
उहाँ यो भ्रमण सकेर स्वदेश फर्कनासाथै नेपाली राजनीति तरंगित हुन पुग्यो यी फर्केलगत्तै २५ गते बुधबार चिनियाँ विदेश मन्त्रालयले जारी गरेको प्रेस वक्तव्यमा प्रचण्डले तथाकथित इन्डो प्यासिफिक रणनीतिलाई नेपालले अस्वीकार गर्छ भनेको भनेर उल्लेख गरेपछि सोसँगै बेइजिङबाट जारी भएको प्रेस वक्तव्यलाई लिएर नेपालमा रहेको अमेरिकी दूतावासले नेपाल सरकारका धारणा मागेको छ ।
चीनद्वारा जारी विज्ञप्तिमा भनिएझै नेपालले अमेरिकाको इन्डो प्यासिफिक रणनीतिलाई अस्वीकार गरेको हो भने बेइजिङबाट जारी विज्ञप्तिबाट हामीले नेपालको दृष्टिकोण थाहा पाउनु अचम्मलाग्दो भएको, भनेर अमेरिकी दूतावासले विज्ञप्ति नै प्रकाशन गर्यो, विमर्शमा उल्लेख छ ।
यसलगत्तै इलाम भ्रमणमा रहनु भएका प्रचण्डले अमेरिकी रणनीतिमा आफ्नो पूर्ववत् अडानलाई अझ स्पष्ट पार्दै प्रचण्डले चीनविरुद्ध हुने कुनै पनि गतिविधि नेपाललाई सह्य नहने बताउनु भएको छ ।
प्रतिकृया दिनुहोस