• समाचार

    बम राखेको हल्ला पछि जानकी मन्दिर खालि गराइयो

      ओमकार


    बम भएको हल्लाका कारण जनकपुरधामको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिर खाली गराइएको छ । मन्दिर परिसरमा कसैले बम राखेको सूचना प्रहरीलाई आएपछि मन्दिरमा पूजा गर्ने तथा भक्तजनलाई बाहिर निकालिएको हो ।

    अहिले मन्दिर परिसर प्रहरीको सुरक्षा घेराभित्र छ । सुरक्षाकर्मीले मन्दिरको चारैतिर खोजी शुरु गरेका छन् । अहिलेसम्म केही फेला नपरेको स्थानीय अधिकारीहरुले वताएका छन । मन्दिरमा शंकास्पद वस्तु रहेको हल्लापछि मन्दिरको चारैतिर स्थानीयवासीको भीड लागेको छ ।

    भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ । सन् १८९४ मा शिलान्यास भइ सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो । मन्दिर मिथिलाञ्चलवासीका लागि सांस्कृतिक धरोहर पनि हो ।

    मन्दिरको वार्षिक क्यालेन्डरअनुसार जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधिअनुरूप हुने गरेको छ ।
    वार्षिक लाखौं श्रद्धालु पूजा गर्न जनकपुरधाम आउने गर्छन् ।

    प्रतिकृया दिनुहोस