• समाचार

    उपमेयरको गाडीमा लक्ष्यित गरि कुकर बम

      ओमकार


    भोजपुर — भोजपुरको षडानन्द नगरपालिकाकी उपमेयर मेरिका राई चढ्ने गाडी निजिकै कुकर बम विस्फोट भएको छ । गएराति अज्ञात समूहले उपमेयर राई चढ्ने गाडी नजिकै बम राखेको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ । 

    बम पूर्ण रुपमा विस्फोट नभएकाले ठूलो क्षति हुन नपाएको प्रहरी निरीक्षक अमतलाल माझीले जाानकारी दिए ।

    घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । घटनास्थल नजिकै चन्द समूहको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

    घटनास्थलमा प्रहरीले शंकास्पद वस्तु समेत फेला पारेको छ ।

    श्रोत कान्तिपुर

    प्रतिकृया दिनुहोस