काठमाडौं । भारतीय बाँधका कारण नेपालको जमिन फेरी डुबानमा परेको छ ।
बाँकेको खजुरा, जानकी गाउँपालिका, सदरमुकाम नेपालगञ्जलगायतका बस्ती डुवानमा परेको हो । खजुरा गाउँपालिकाको २, ५, ६ र ७ वडाका घरहरू डुबानमा परेका छन् ।
खजुराका ४ वडामा गरी १५० घरधुरीमा पानी पसेको छ । पानी पसेपछि प्रभावितहरूलाई सकुशल सुरक्षित स्थानमा सारिएको छ । कतिपयले आफन्तकोमा आश्रय लिइरहेका छन् ।
त्यस्तै, जानकी गाउँपालिका पनि डुबानको चपेटामा परेको छ । यद्यपि, यो गाउँपालिकाको वडा नं. १ को ४ घर मात्रै डुबानमा परेका छन् । अन्य घर नडुबे पनि वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ ।
भारतले सीमा क्षेत्रमा कलकलवा बाँध, लक्ष्मणपुर बाँधलगायत संरचना एकतर्फी रूपमा बनाउँदा पानीले निकास नपाएका कारण हरेक त्यस क्षेत्रका जमिन डुबानमा पर्ने गरेका छन् ।
प्रतिकृया दिनुहोस