• राजनीति

    राजपाले संसद बाटै दियो यस्तो चेतावनी

      ओमकार


    काठमाडौं– राष्ट्रिय जनता पार्टी राजपाका अध्यक्षमण्डलका एक सदस्य राजेन्द्र महतोले संविधान दिवसका दिन ७० प्रतिशत जनताले ब्ल्याक आउट गर्ने चेतावनी दिएका छन् । 

    बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै महतोले संविधान बनेको ४ वर्ष भइसक्दा पनि सबै जनताले उत्साहपूर्वक संविधान दिवस मनाउने अवस्था नआएको टिप्पणी गरे । 

    ‘भोलि दिपावली होइन, ब्ल्याक आउट गर्ने हो,’ महतोले आक्रोशित हुँदै भने, ‘यो देशका मधेसी, जनजाती, थारू, दलितले ब्ल्याक आउट गर्छ । देशका ७० प्रतिशत जनताले संविधान दिवस मनाउन चाहिरहेको छैन । सबैलाई राष्ट्रघाति घोषणा गर्दिने ?’

    महतोले सरकारले आफ्नो पीठ आफै थपथप्याएको आरोप लगाए । ‘मैले बडा राम्रो संविधान बनाएको छु भन्ने अनि आफ्नो पिठ आफै थपथप्याउने के छाला हो ?’ आक्रोशित मुद्रामा महतोले भने, ‘हाम्रो पनि हक होइन र संविधान दिवस मनाउने ? त्यो संविधान हाम्रो पनि होइन र ? खै हामीले संविधान दिवस मनाउने वातावरण तयार गरेको ?’

    प्रतिकृया दिनुहोस