• देश

    शिवसेना नेपालका अध्यक्ष बस्नेत लगायत अन्यलाई तत्काल रिहाइको माग

      ओमकार


    काठमाडौं । राप्रपाले गत शुक्रबार इन्द्रजात्राको दिन शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायतका व्यक्तिलाई तत्काल रिहा गर्न माग गरेको छ ।

    राप्रपाले शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा पक्राउ गरि हिरासतमा लिइएको र आजसम्म पनि हिरासत मुक्त नगरिएको घटनालाई गम्भीरतापूर्वक लिएको केन्द्रिय प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।

    शान्तिपूर्ण ढंगबाट विरोध गर्न पाउने लोकतान्त्रिक अधिकार संविधानले प्रत्याभूत गरेको बताउदै संविधानको रक्षा गर्न बसेको सरकारले आफैं नागरिकको संवैधानिक अधिकार हनन गर्ने गरि भएको दुर्व्यबहार प्रति राप्रपाले निन्दा समेत गरेको श्रेष्ठले बताए ।

    गत भाद्र २७ गते ईन्द्र जात्रामा जिवित देवी कुमारी, श्री गणेश र श्री भैरवको रथयात्राको क्रममा पक्राउ परेकालाई प्रहरीले अझै अनुसन्धानकै लागि भनी थुनामा राखेको छ ।

    प्रतिकृया दिनुहोस