काठमाडौं । केही नेपाली नेताहरूलाई वीर्य मिश्रित होली वाईन खुवाउने दक्षिण कोरियास्थित ग्रेसरोड चर्चकी संस्थापक शिन ओकजुलाई ६ वर्ष जेल सजाय भएको छ ।
जुले सन २०१४ मा करीव चारसय जनालाई प्राकृतिक प्रकोपबाट बच्न सकिने भन्दै फिजीमा बसाइ सर्नका लागि राजी गराएकी थिइन् ।
फिजी पु¥याइएपछि उनीहरूको पासपोर्ट खोसिएको थियो । तीमध्ये केहीलाई आत्मा भगाउने भन्दै कुटपिट गरिएको उजुरी परेको थियो ।
त्यसबाहेक बन्धक बनाइएको तथा हुलदंगा मच्चाउने काममा लगाएको पनि आरोप लागेको थियो ।
सम्बन्धमा शिनलाई गएको जुलाई महिनामा पक्राउ गरिएको थियो । ग्रेसरोड चर्चको अमानवीय व्यवहारबाट फुत्किन सफल एक पीडितले आफूले आफ्नो सम्पूर्ण परिवार धार्मिक अन्धविश्वासका कारण गुमाएको गुनासो गरेको बीबीसीले जनाएको छ ।
सोमबार दक्षिण कोरियाको एउटा अदालतले शिनलाई हिंसा, बाल दुराचार तथा ठगीलगायत विभिन्न आपराधिक मुद्धाहरुमा दोषी ठहर्याएको थियो ।
चर्चकी संस्थापक शिनसँगै चर्चका अन्य पाँचजना अधिकारीहरूलाई पनि सजाय सुनाइएको छ ।
केही महिनाअघि प्रधानमन्त्री खड्गप्रसाद ओली, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, सभामुख कृष्णबहादुर महरासहितका नेताहरूलाई ‘होली वाइन’ खुवाएको विषयले राजनीति गरमागर्मी बढाएको थियो ।
त्यो काम सबै उनै जुमार्फत भएको थियो । अझ त्यसमाथि प्रधानमन्त्री ओलीलाई एक करोड पुरस्कार दिएको विषयले नै दुईतिहाइको कम्युनिस्ट सरकार र सत्तारुढ नेकपा आलोचित भएको थियो ।
होलीवाइन खाने कार्यक्रममा देशभरबाट सत्तारूढ घटकका नेता कार्यकर्ता, स्थानीय जनप्रतिनिधि र समर्थक गरी झण्डै ३५ सय मानिस सरकारकै आदेशमा काठमाडौं बोलाइएको थियो ।
ह्यात रिजेन्सी होटेलमा इसाई धर्मसँग आवद्ध कोरियन अन्तराष्ट्रिय संस्था यूनिभर्सल पिस फेडेरेसन (यूपिएफ)ले आयोजना गरेको कार्यक्रममा नेताहरूलाई वीर्य मिश्रित होली वाइन खुवाइएको थियो । त्यो संस्थाको प्रमुख विवादस्पद व्यक्ति एकनाथ ढकाल हुन् ।
नेपालमा उनै ढकालले क्रिश्चियन धर्मको प्रचार प्रसार गर्दै आएका छन् । ढकाल दुई पटक मन्त्री र सांसद समेत बनिसकेका छन् । उनले विदेशी महिलालाई विवाह पनि गरेका छन् ।
काठमाडौंको नक्साललमा ३–४ रोपनी जग्गा किनेर भव्य घर पनि बनाएका छन् । सोही घरभित्र उनले क्रिश्चियन धर्म प्रचारका गतिविधि गर्दै आएका छन् ।
त्यति मात्रै होइन ढकालले नेपाल परिवार दल नामक राजनीतिक पार्टी पनि चलाउँछन् । त्यो पार्टीको ढकाल आफै अध्यक्ष हुन् ।
प्रतिकृया दिनुहोस