एएफसी यू–१६ च्याम्पियनसिप फुटबल छनोटको दोस्रो खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।
जोर्डनको जार्कास्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा गएराति भएको खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको हो ।
पहिलो हाफमा गोलरहित बराबरी भएको थियो । खेलको ७४ औं मिनेटमा नेपालका लागि दीपेश राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । खेलको ९० मिनेटसम्म अग्रता बनाएपनि अन्तिम केही मिनेट सम्हालिन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो ।
खेलको अतरिक्त समयमा पाएको पेनाल्टीमा कुवेतले बराबरी गर्न सफल भयो । कुवेतका लागि पेनाल्टीमा अब्दुलवाहब अलहिन्दीले गोल गरे ।
समूह ‘ए’ मा रहेको नेपालले अब श्रीलंका र ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
सन् २०२० मा हुने एएफसी यू–१६ च्याम्पियनसिपमा ९ समूहका विजेताले स्थान बनाउने छन् । त्यस्तै, प्रत्येक समूहका दोस्रो स्थानमा रहेकामध्येबाट उत्कृष्ट चार उपविजेता टोलीले पनि च्याम्पियनसिपमा स्थान बनाउने छन् ।
प्रतिकृया दिनुहोस