काठमाण्डौ – काठमाण्डौ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) ले ‘शर्ट फिल्म प्रतियोगिता’ को आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा भाग लिन किम्फले सिर्जनशील नेपाली युवा सिनेकर्मीहरुलाई आह्वान पनि गरेको छ । प्रतियोगितामा विजेता घोषित हुनेले नगद पुरस्कार पनि प्राप्त गर्ने आयोजकले जनाएको छ ।
आउँदो डिसेम्बर महिनामा हुन लागेको १७ औँ संस्करणको किम्फ फिल्म फेस्टिबल २०१९ मा ती शर्ट फिल्मबीच प्रतिस्पर्धा हुने आयाेजकले बताएको छ ।
प्रतियोगितामा जुनसुकै उमेर समूहका सिनेकर्मीहरुले भाग लिन पाउनेछन् र ती फिल्म कथानक, वृत्तचित्र र एनिमेसनमध्ये कुनै एक विधा अन्तर्गत हुनुपर्नेछ । परिवर्तित नेपाल थिम रहने फिल्मको अवधि तीन मिनेट हुनु पर्नेछ ।
प्रतियोगितामा प्रथम हुनेले ४० हजार प्राप्त गर्दा दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै प्रतियोगितामा भाग लिन १५ नोभेम्बर २०१९ सम्म फिल्म बुझाइ सक्नुपर्नेछ ।
प्रतिकृया दिनुहोस