आज मिति २०७६ साल भाद्र ३१ गते । मंगलबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि तृतीया,२० घडी ४२ पला,दिउसो ०२ बजेर ०६ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अश्विनी,५८ घडी ५९ पला । योग ध्रुव,४३ घडी ५४ पला,बेलुकी ११ बजेर २३ मिनेट उप्रान्त व्याघात । करण भद्रा,दिउसो ०२ बजेर ०६ मिनेट उप्रान्त बव,रातको ०२ बजेर ४३ मिनेट उप्रान्त बालव । आनन्दादिमा अमृत योग । चन्द्रराशि मेष । काठमाडौंमा सूर्योदय ०५ बजेर ४९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०५ मिनेट । दिनमान ३० घडी ३८ पला । भाद्र मसान्त। गातिला। इन्द्रध्वज पातन। नानिचाया।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजिक बिषयको उठान गर्दा अलि बढि अध्ययन तथा अनुशन्धान गरि प्रस्तुत हुँनुहोला प्रतिश्पर्धिहरु तपाईभन्दा बलिया हुँन सक्छन् । समस्या समाधानका लागी चालिएका कदमहरु निअर्थक हुनेछन् भने तपाई आफ्नै कमजोरिले आत्मिय साथि तथा ईष्टमित्रहरु टाडिन सक्छन् । व्यापार व्यावसायमा बढिनै संघर्ष गर्नु पर्नेछ भने आर्थिक अभावले कामहरु रोकिनेछन् ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायबाट प्रसस्त आम्दानि हुनेछ भने स्वदेशि उत्पादनमा नाफा कमाउँन अलि बढि समय खर्चनु पर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । शैद्धान्तिक बिषयमा आफन्त तथा अग्रज ब्याक्तित्वहरु सँग बिवाद सिर्जना हुनेछ भने मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बिभिन्न स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन तथा सम्पनि कमाई गर्न सकिनेछ । घर परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुदा आफन्तहरु खुसि रहनेछन् । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा रमाउने जोडीहरुका लागी समयले साथ दिनेछ । उचित समयमा दाजुभाई तथा अग्रजबाट पाईने सहयोगले एक कदम अगाडि बढ्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माता पिताको कामबाट मन प्रशन्न हुनेछ भने भनेजस्तो सहयोग पाईने हुनाले दैनिक काम सहज रुपमा सम्पन्न हुनेछ । राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ । व्यापारमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साहित्य तथा रचनात्मक क्षेत्रमा समय लगानि गरि नाम कमाउन सकिनेछ । माता पिताको आशिर्वादले समाजमा राम्रा काम गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्नेछ भने जीवन साथिको भरपुर सहयोग पाईने योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नया प्रकृतिको खोज तथा अनुशन्धानबाट भनेजस्तो सफलता हात लाग्नेछ । शिक्षा पेशा तथा अध्यात्म क्षेत्र सँग सम्बन्धित कामहरु फस्टाएर जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुँने तथा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिभिन्न अवसर आउने तथा स्रोत साभन जुट्नाले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने मिठास बोलिको माध्ययमबाट अरुलाई प्रभावमा पारेर काम लिन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउदै प्रतिष्पर्धिहरुलाई उछिन्न सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्ति हुनेछ भने नयाँ नयाँ सामानको हात लागी हुने योग रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पुराना बिवादित बिषयहरुको फैसला तपाईकै पक्षमा हुने हुदा मन प्रशन्न हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । शिक्षा तथा नोकरिमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई धेरै पछाडि छोड्न सकिनेछ । नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययन तथा अध्यापनमा सफतला मिल्नेछ भने बिचार गरेर बुन्ने योजनाहरु सफल रुपमा सम्पन्न हुनेछन् । व्यापार व्यावसाय फस्टाएर बिशेषगरि स्कुल कलेज तथा शेयर बजार तिर गरिने लगानिमा सुधार भएर जानेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने आफन्त तथा आत्मीय मित्रहरुबाट सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । भौतिक सम्पति तथा मन परेको सामान प्राप्त हुने हुदा खुसिले उचाई नाघ्नेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) तत्कालको लागी समय मध्ययम भएपनि पछिको लागि शक्ति सञ्चय गर्न सकिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नभएपनि घर जग्गा तथा सवारि साधनको कारोबारभने फस्टाएरु जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा समय खर्चियपनि नतिजा आफ्नो पक्षमा नआउँन सक्छ ध्यान दिनुहोला । आफन्त,अग्रज तथा आमासँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रेम प्रशङगमा रमाउने समय रहेको छ भने एक आपसमा भेटघाट गरि मिठा मिठा कुरा गरि दिन बिताउन सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथमा छोटो तथा रमाईलो यात्राको क्रममा नयाँ नयाँ दृष्यहरुलाई कैद गर्न सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । सार्वजनिक महत्वको बिषय उठान गर्दा दाजुभाई तथा छिमेकिसँग परामर्श लिएर अगाडि बढ्दा कामहरु समयमानै फत्ते हुनेछन् ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा आउँदा खुसिले उँचाई नाघ्नेछ । समाजसेवी तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउन सक्नेछन् । परिवारका साथ रमाईलो बाताबरणमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । तपाईको दिन शुभ रहोस् । ज्योतिषी तारानाथ भण्डारी ।
प्रतिकृया दिनुहोस