• समाचार

    इटहरीका मेयर चौधरी बिरुद्ध मुद्दा

      ओमकार


    अदालतको अवहेलना गरेको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्वारिकलाल चौधरीविरुद्ध मुद्दा दायर गरिएको छ । २६ भदौमा नगर प्रमुख चौधरीले उच्च अदालत विराटनगरको आदेशपत्र च्यातेर अवहेलना गरेको भन्दै इटहरीकै खडानन्द आचार्य, दुर्गाकुमारी प्रसाईं र कमला चौलागाईंले आइतबार मुद्दा दायर गरेका हुन् ।

    उच्च अदालत विराटनगरमा दायर गरिएको निवेदनमा नगर प्रमुख चौधरीलाई हदैसम्मको कारबाहीको माग गरिएको छ । यस्तै, निजी जग्गामा मनलाग्दी ड्रेन र कल्भर्ट खन्ने काम भएको भन्दै त्यसलाई रोक्न पनि माग गरिएको छ ।

    उच्च अदालत विराटनगरले निजी जग्गामा जथाभाबी ड्रेन र कल्भर्ट खन्ने काम भएको भन्दै त्यस्तो कार्य रोक्न अन्तरिम आदेश दिएको थियो । सोही आदेशपत्र लिएर नगर प्रमुख चौधरीलाई बुझाउन जाँदा उनले प्रहरीकै अगाडि पत्र च्यातेर फालिदिएका थिए ।

    यसअघि कर्मचारी र पत्रकारमाथि अभद्र व्यवहार गरी नगर प्रमुख चौधरी विवादित बनेका थिए । धेरै आलोचना भएपछि उनले माफी मागेका थिए ।

    प्रतिकृया दिनुहोस