• खेलकुद

    भारतलाई हराउँदै नेपालका लागि प्रिन्सले जिते स्वर्ण

      ओमकार


    काठमाडौं । नेपाली युवा खेलाडी प्रिन्स दाहालले दुबई जुनियर इन्टरनेशनल ब्याडमिन्टन रिसिजमा ऐतिहासिक स्वर्ण पदक जितेका छन् ।

    यू-१९ समूहमा खेलेका उनले आइतबार भएको फाइननलमा विश्वको नवौं वरियतामा रहेका भारतका वरुण कपुरलाई २-० को् सेटमा हराए । एनएएस स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा पि्रन्सले २१-१९ र २१-१९ को सेटमा खेल जिते ।

    प्रिन्सले गत वर्ष यू-१५ को उपाधि जितेका थिए भने यू-१९ मा डबल्सतर्फ रजत जितेका थिए ।

    प्रतिकृया दिनुहोस