भदौ २७ गते ईन्द्रजात्राको अवसरमा राष्ट्रपतिलाई कालोझण्डा देखाएको आरोपमा पक्राउ परेका हिन्दुवादी नेताहरुलाई तत्काल रिहाई गर्नु पर्ने माग सहित रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरिएको छ ।
वैदिक सनातन हिन्दु अधिराज्य स्थापनार्थ महाअभियानको अायोजनामा गरिएको उक्त पत्रकार सम्मेलनमा विभिन्न हिन्दुवादी संघसंस्थाका नेताहरुको उपस्थिति रहेको थियो ।उक्त अवसरमा बोल्दै बरिस्ठ अधिवक्ता तथा हिन्दुवादी नेता बिष्णु भट्टराईले थुनामा राष्ट्रपतिलाई राख्नु पर्ने हिन्दुवादी नेतालाई राखेर सरकारले उल्टो काम गरेको आरोप लगाउनु भयो ।धर्म निरपेक्ष देशको राष्ट्रपति धर्मिक कार्यक्रममा आउनुको कुनै ओैचित्य नभएको बताउदै,शान्तिपूर्ण ढंगले गरिएको बिरोध कार्यक्रममा सरकारले असंवैधानिक रुपमा धरपकड र पक्राउ गरेको आरोप लगाउनु भयो ।
उक्त कार्यक्रममा बिश्व हिन्दु महासंघको तर्फबाट बोल्दै नेतृ अस्मिता भण्डारीले हिन्दुवादी नेताको घर घरमा गएर पक्राउ गरिएको हुनाले सरकारको उक्त कदमको बिरोध गर्दै तत्काल रिहाइको माग गर्नु भयो ।पक्राउ पुर्जी नदेखाइ चिया खान जाउ भनी पक्राउ गरियो, के यहि हो लोकतन्त्र ? उहाँको प्रश्न थियो ।
उक्त कार्यक्रममा शिवसेना नेपालका सह-संयोजक दिपक कडेलले प्रेस विज्ञप्ति वाचन गर्नु भएको थियो ।एकातर्फ सिंगो सरकार,सरकार प्रमुख आफै संलग्न भई बिदेशी धर्मको प्रचारमा संलग्न हुने,सरकार आफै होलिवाईन वितरण गर्दै हिड्ने ,नेपालका देशभक्त दलित दाजुभाइलाई धर्म परिवर्तन गर्न आह्वान गर्ने,पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई कारबाही गर्नुको साटो सम्मानित गर्ने अनि अर्कोतर्फ नेपालको संविधान प्रदत्त,बिना हातहतियार,सभा सम्मेलन,शान्तिपूर्ण विरोध,नाराजुलुस गर्ने निहत्था धर्म संस्कृति रक्षक माथि क्रुरता देखाउने यस भ्रष्ट सरकारको कामकारबाहीको वैदिक सनातन हिन्दु अधिराज्य स्थापनार्थ महाअभियान घोर भत्सर्ना गर्दछ विज्ञप्तिमा भनिएको छ ।
हिन्दुवादी नेतृ सिर्जना वाग्लेले संचालन गरेको उक्त कार्यक्रममा अनिल योगी,बिक्रम पाण्डे,शेखरजंग रायमाझी लगायतका हिन्दुवादी नेताहरूको उपस्थिति रहेको थियो ।स्मरण रहोस् गत भदौ २७ गते ईन्द्रजात्राको अवसरमा राष्ट्रपतिलाई कालो झण्डा देखाएको आरोपमा ५० भन्दा बढी हिन्दुवादी नेता तथा कार्यकर्ता पक्राउ परेता पनि शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत ११ जनालाई थुनामा राखि अन्यलाई प्रहरीले छाडेको थियो ।
प्रेस विज्ञप्ति
प्रतिकृया दिनुहोस